Call for Papers for 4th National Economists’ Conference-2081
Call for Papers for 4th National Economists’ Conference-2081
चौथो राष्ट्रिय अर्थशास्त्री सम्मेलन- २०८१
८-९ चैत्र २०८१ काठमाडौं, नेपाल
कार्यपत्र आह्वान
राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान गर्नु राजनीतिज्ञ, अर्थशास्त्री, प्राज्ञिक वर्ग, खोज अनुसन्धानकर्ता, नीति-निर्माणकर्ता, परामर्शदाता, व्यवस्थापक, बैंकर, उद्योगी व्यवसायीहरू लगायतका सचेत नागरिक र वौद्धिक वर्गको दायित्व हुन आउँछ । यसै कुरालाई बोध गर्दै समग्र राजनीतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक एवं आर्थिक समृद्धिका साथ स्वाधीन, सबल, न्याय संगत, गतिशील, आत्मनिर्भर एवं समुन्नत नेपाल निर्माण गर्ने अभियानका लागि साझा संगठनको आवश्यकता महसुस गरी युवाको जोस, प्रौढको होस र वरिष्ठ व्यक्तित्वहरूको ज्ञान समायोजन (Fusion) हुने गरी राष्ट्रिय स्तरको एक साझा संगठनको रुपमा राष्ट्रिय आर्थिक सरोकार समाज नेपाल (National Economic Concern Society (NECS), Nepal) स्थापना गरिएको हो ।
अर्थतन्त्रका समसामयिक मुद्दा र समस्याहरूमा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दलहरू तथा नीति निर्माणमा संलग्न निकायहरूलाई कार्यान्वयनको लागि सुझाव दिने उद्देश्यले राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा वि. सं. २०७९ सालदेखि हरेक वर्ष राष्ट्रिय अर्थशास्त्री सम्मेलन आयोजना गर्दै आइरहेको छ । यस प्रयासलाई निरन्तरता दिदै यो वर्ष पनि निम्न विषयवस्तुमा केन्द्रित रहेर सम्मेलनको आयोजना गर्न लागिएको हुँदा इच्छुक महानुभावहरूबाट विषयवस्तुमा केन्द्रीत रहि सम्मेलनमा प्रस्तुत गर्नका लागि आ- आफ्नो कार्यपत्र पेश गर्नुहुन आह्वान गरिन्छ ।
Conference Theme
✓ Trend of Economic Development and Economic Thoughts
✓ Political System, National Policy and Plan; Good Governance
✓ Economic Growth and Prosperity Trap
✓ Industry and Trade
✓ Sustainability of Agricultural Production
✓Disaster Management
✓ Energy Economics
✓ Foreign and Domestic Employment, Remittance
✓ Changing Regional-Global Order and its Possible Impact in Nepal
✓ Role of Local Government in Sustainable Development
✓Cooperatives and Microfinance for Livelihood Improvement and Policy Issues
✓Climate Change, Tourism and Sustainable Development
✓ Health, Education and Fiscal Federalism
✓ Monetary Policy and Financial System
✓ Foreign Exchange and Balance of Payment
✓ Growth and Nature of Nepalese Capital Market
✓ International Relations
✓ Artificial Intelligence: Challenges for Small Countries
Important Deadlines
Abstract Submission: Mangshir 30, 2081
Notification of Acceptance of Abstract: Paush 5, 2081
Full Paper Submission: Magh 19, 2081
Email: ecoconference.necs@gmail.com; necs.nepal2@gmail.com