आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेट छलफल तथा सुझाब संकलन कार्यक्रम सम्पन्न
काठमाण्डौ ।

राष्ट्रिय आर्थिक सरोकार समाज(नेस) नेपाल र आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा)कोे संयुक्त आयोजनामा माननीय उप–प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यूूको प्रमुख आतित्थ्यतामा र सेडाका कार्यकारी निर्देशक डा. अर्जुन बरालको अध्यक्षतामा आर्थिक वर्ष २०८२/८३ को बजेट सन्दर्भमा छलफल तथा सुझाब संकलन कार्यक्रम यहि मिति २०८२ वैशाख १२ गते राष्ट्रिय तथ्यांक कार्यालयको सभाहलमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. राम कुमार फुयालले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि छलफल भएको थियो । नेपाल सरकारको अर्थ मन्त्रालयका सचिव, राजश्व सचिव, आ.व.२०८२/८३ का बजेट निर्माण समितिका सदस्यहरू, औद्योगिक संघसंस्थाका प्रतिनिधिज्यूहरू, नीति अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ताहरू, बैंकिंङ्ग क्षेत्रका प्रतिनिधिहरु, अर्थशास्त्रका प्राध्यापकहरू लगायतका विशिष्ट व्यक्तित्वहरूको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संकलित २१ बुँदे सुझावहरुलाई राष्ट्रिय आर्थिक सरोकार समाज नेपालका अध्यक्ष तथा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र(सेडा)का निर्देशक लगायतका टिमद्धारा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाइएको थियो ।