नेस नेपालद्धारा त्रैमासिक पत्रिका आर्थिक सरोकार र अनलाइन पोर्टल www.arthasastri.com सञ्चालन

काठमाण्डौ । मुलुकको दिगो आर्थिक वृद्धि र विकासका लागि अर्थतन्त्रको संरचना निर्दिष्ट हुन आवश्यक छ । नेपालको संविधान, २०७२ ले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ भने आर्थिक प्रणालीका हिसाबले देशमा मिश्रित अर्थव्यवस्थालाई अवलम्बन गरिएकोे छ । तर, संरचनागत कमजोरी र स्पष्ट नीति तथा कार्ययोजनाको अभावमा यी दुवै संरचनागत मोडेलबाट प्राप्त हुन सक्ने सकारात्मक प्रतिफललाई हासिल गर्न सकिएको छैन । खासगरी मुलुकको अर्थतन्त्रको यथार्थ अवस्थालाई विद्यमान राजनीतिक विचारधारासँग जोड्न नसकिएकाले अर्थराजनीतिक धार कमजोर बन्न पुग्दा आर्थिक विकास र समृद्धिको पथमा सोचेजस्तो उपलब्धि हुन नसकेको देखिन्छ ।

देशको विकास र स्थायित्वका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायतबाट प्रयत्नहरू गरेको जस्तो देखिए तापनि ठोस र निर्दिष्ट कार्यक्रमहरूसहित समन्वयात्मक पहलकदमी हुन नसक्दा अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन । देशमा आन्तरिक तथा बाह्य लगानीमा वृद्धि ल्याई तीव्र आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यका साथ सरकारले विगतका विभिन्न समयमा गरेका लगानी सम्मेलनबाट पनि अपेक्षित उपलब्धि हाँसिल हुन सकेको छैन् ।

यसका लगि आर्थिक तथा राजनीतिक उपलब्धि हासिल गर्नका लागि अर्थशास्त्रलाई राजनीतिसँग र राजनीतिलाई अर्थशास्त्रसँग जोड्न सक्नु पर्छ । राज्यको साधन र स्रोतमाथिको नियन्त्रण सरकारमा सहभागी राजनीतिक पार्टीहरूसँग हुन्छ, जसको समुचित परिचालन देशको समग्र अर्थतन्त्र र आर्थिक सिद्धान्तहरूको सुझबुझबाट मात्रै सम्भव हुन्छ ।

यिनै विषयवस्तुलाई मध्यनजर गर्दै राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले राजनीतिकर्मी र अर्थशास्त्रीहरूलाई एकाकार गर्दै देशको आर्थिक विकासकोे यात्रामा योगदान पु¥याउने उद्देश्यका साथ हरेक वर्ष ‘राष्ट्रिय अर्थशास्त्री सम्मेलन’ आयोजना गर्दै आइरहेको सर्व विधितै छ । यसको अतिरिक्त संस्थाले विगत एक वर्षदेखि अध्ययन, अनुसन्धान, विज्ञहरूसँगको बहस र छलफलबाट नीतिगत समस्याको पहिचान गर्दै परिमार्जनका लागि खबरदारी गर्ने अठोटका साथ त्रैमासिक पत्रिका ‘आर्थिक सरोकार’ तत्कालिन अर्थमन्त्री वर्षमान पूनद्धारा लोकार्पण गरी निरन्तर प्रकाशन गर्दै आएको छ ।

उक्त पत्रिकाका संरक्षक नेस नेपालका अध्यक्ष गंगाबहादुर थापा, सल्लाहकार समितिमा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणी पौडेल र ईपानका पूर्व अध्यक्ष कृष्ण आचार्य रहेका छन् । त्यसैगरी सम्पादन सल्लाहकार सिके खनाल, प्रबन्ध निर्देशक दुर्गा थापा, सम्पादक केशव आचार्य, सह सम्पादक गंगा चौलागाई र दिपक थापा तथा व्यवस्थापकमा ज्ञानेश्वर खनाल रहेका छन् ।

यसैबिच वर्तमान डिजिटल युगमा पाठकहरुको परिवर्तित रुचिलाई मध्यनजर गर्दै अनलाईन पत्रिकाको रुपमा न्यूज पोर्टल ‘अर्थशास्त्री डट कम’ (बचतजबकबकतचष्।अयm) सञ्चालन गर्ने जमर्को गरेसँगै वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्धारा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । नितान्त गैरनाफामूलक सामाजिक संस्थाका रूपमा रहेको यो संस्थाबाट सञ्चालन हुन गइरहेको न्यूज पोर्टल ‘अर्थशास्त्री डट कम’ मार्फत हाम्रो सम्पूर्ण टिम आमसञ्चार र पत्रकारिताको आचारसंहिता र धर्मलाई आत्मसात् गर्दै देशको आर्थिक–सामाजिक समुन्नतिका लागि योगदान गर्ने प्रण गर्दछ । साथै हाम्रो यस प्रयासलाई विभिन्न तवरबाट साथ सहयोग पुर्याउनेसम्पूर्ण सङ्घसंस्था र महानुभावहरूमा आभार व्यक्त गर्दै आगामी दिनहरुमा हाम्रो यस अभियानलाई थप उचाईमा पुर्याउनका लागि सुझाव र सल्लाहको समेत अपेक्षा गरिन्छ ।